गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा नेपाल

हाइलाइटहरू

माननिय सभामुख

कृष्ण प्रसाद धिताल

माननिय उप सभामुख

विना कुमारी थापा

सचिव

हरिराज पोखरेल

प्रदेश सभा गण्डकी प्रदेशको परिचय

१. सामान्य परिचय

नेपालमा ३ आश्विन, २०७२ मा संविधान सभाबाट नेपालको संविधान जारी भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम भयो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये नेपालको मध्यभागमा ११ वटा जिल्लाहरुलाई समेटी गण्डकी प्रदेशको गठन भएको छ । जसमा साबिक धवलागिरी अञ्चलका ४ जिल्ला (मुस्ताङ, म्याग्दी, पर्वत र बाग्लुङ), गण्डकी अञ्चलका ६ जिल्ला (गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की र मनाङ) र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू–भाग (नवलपुर जिल्ला) समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भएको छ । तसर्थ, गण्डकी प्रदेशमा ११ जिल्ला (कास्की, स्याङ्जा, तनहुँ, लमजुङ्ग, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, बाग्लुङ्ग, पर्वत र नवलपुर) रहेका छन् । प्रदेश सभामा उल्लेखित ११ जिल्लाका कूल निर्वाचन क्षेत्र ३६ वटा छन् ।

प्रदेश सभामा पहिलो हुने निर्वाचित प्रणालीबाट ३६ जना र समानुपातिक निर्वाचित प्रणालीबाट २४ जना गरी जम्मा ६० जना माननीय सदस्यहरु रहने व्यवस्था छ । वर्तमान प्रदेश सभामा पुरुष माननीयको संख्या 39 जना र महिला माननीयको संख्या २1 जना छ । दलगत रुपमा हेर्दा नेपाली काँग्रेसबाट 27 जना, नेपाली कम्युनिस्ट पार्टीबाट एमालेबाट २2 जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट ७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २, नेपाल समाजवादी पार्टीबाट १ जना र नेकपा समाजवादीबाट १ जना माननीय सदस्यको प्रतिनिधित्व रहेको अवस्था हो ।

गण्डकी प्रदेशको प्रदेश सभा पोखरा म.न.पा.-१, नदिपुरमा साविकको नगर विकास प्रशिक्षण केन्द्रको कम्पाउण्ड भित्र रहेको छ । यहाँ प्रदेश सभा भवन, प्रदेश सभाका समितिका वैठक कक्षहरु रहेका भवन, राजनैतिक दलका वैठक कक्षहरु रहेका भवन तथा प्रदेश सभा सचिवालयको भवनहरु समेत विद्यमान छन् । प्रदेश सभाले प्रयोग गरेका अधिकांश भवनहरु साविकको नगर विकास प्रशिक्षण केन्द्र (हालको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान) ले प्रयोग गरिरहेका पुराना भवनहरु छन् ।

२. प्रदेश सभा, गण्डकी प्रदेशको स्थापना सम्बन्धी विवरण

माननीय सदस्यहरुको सपथग्रहण २०७९ पौष १४ गते
माननीय सभामुखको निर्वाचन २०७९ पौष ३० गते
माननीय उप–सभामुखको निर्वाचन २०७९ माघ २ गते

३. प्रदेश सभाका समिति सम्बन्धी जानकारी

समितिको नाम गठन मिति कैफियत
कार्य व्यवस्था परामर्श समिति २०७९ फागुन ८ गते  
विषयगत समितिहरु
१) अर्थ तथा विकास समिति २०८० श्रावण ३० गते  
२) सार्वजनिक लेखा समिति २०८० श्रावण ३० गते  
३) प्रदेश मामिला तथा कानून समिति २०८० श्रावण ३० गते  
४) सामाजिक विकास तथा कृषि समिति २०८० श्रावण ३० गते  

 


प्रेम सुवेदी

प्रवक्ता


premsubedi2014@gmail.com

बैठक सम्बन्धी सूचना
सभाको बैठकको
शिर्षक मिति समय कार्यसूची
राष्ट्रपतिको कार्यालय baithak ०१:४५
समितिको बैठकको
समिति शिर्षक बैठक मिति समय कार्यसूची